सुचना, समाचार र मनोरन्जन

अपडेटः राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु, चारको अवस्था गम्भीर

दाङ /

पुर्व-पश्चिमी राजमार्गअन्तरगत दाङ, देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दुर्घटनामा परी अन्य २३ जना घाइते भएका छन्।

Chaka Panja

घाइतेमध्ये चार जनाको अबस्था गम्भीर रहेको जिल्ला जिल्ला प्रहरीले दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए। मल्लका अनुसार बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गए राति पुलबाट तल राप्ती नदीमा खसेको थियो।

दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको हो। दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज लगिएको छ।

प्रहरीका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ। बसमा ३६ जना यात्रु रहेको उपरीक्षक मल्लको भनाइ छ।

Leave A Reply

Your email address will not be published.