सुचना, समाचार र मनोरन्जन
Sarangi

सरकारले इजरायलमा रहेका नेपालीहरुलाई सुरक्षित स्थानमा सार्ने उपाय खोज्ने

काठमाडौँ/

सरकारले इजरायलमा रहेका नेपालीहरुलाई सुरक्षित स्थानमा सार्ने उपाय खोज्ने निर्णय गरेको छ । परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा गठित समन्वय संयन्त्रको बैठकले नेपालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय गरेको हो ।

साथै प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा परेर ज्यान गुमाएका १० जना नेपालीको शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय समेत भएको मन्त्रालय स्रोतले बताएको छ ।

Leave A Reply

Your email address will not be published.