सुचना, समाचार र मनोरन्जन

पत्रकारलाई सहयोग गर्न सरकार सधैं तयार छः उपप्रधानमन्त्री खड्का

काठमाडौं /

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता क्षेत्रले नागरिक सचेतना अभिवृद्धि, सार्वजनिक सेवा प्रबाहमा सुदृढिकरण र मानवअधिकारको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा पैरबी गर्दै महत्वपूर्ण उपलब्धी हासिल गर्न योगदान दिएको बताएका छन्।

पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’ को आज विमोचन गर्दै रक्षा मन्त्री खड्काले पत्रकारिता क्षेत्रको व्यावहारिक र नीतिगत सुधारका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरेका छन ।

उपप्रधानमन्त्री खड्काले भने, “पत्रकारितालाई सही गोरेटोमा हिँडाउन सक्नुपर्दछ, त्यसका लागि हामी सबैको सामुहिक दायित्व पनि हो । पत्रकारिता क्षेत्रमा व्यावहारिक र संस्थागत सुधारका लागि धुप्रै काम गर्नुपर्ने आवश्यकता छ, यसका लागि नीतिगत र संरचनागत सुधारका सम्बन्धमा सरकारले सधैं साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।”

उनले नेपालको पत्रकारिता क्षेत्रलाई संस्थागत विकास र उच्च व्यावसायिक अभ्यास गराउने मूल दायित्व नेपाल पत्रकार महासङ्घको भूमिका अग्रणी र महत्वपूर्ण रहेको भन्दै यसका लागि सरकारले पनि आवश्यक सहयोग गर्ने बताए ।

उपप्रधानमन्त्री खड्काले जहानिय राणा शासनकालदेखि सुरु संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासकासाथै विकास र समृद्धिको यात्रामा सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेल्दै आएकोसमेत उल्लेख गरेका छन्।

उनले भने, “पत्रकारिता आवाजविहीनहरुको आवाज एवं समाजको ऐना भएकोले लोकतन्त्रलाई समुनत र नागरिकलाई सुसूचित गराउने सन्दर्भमा यसको महत्वपूर्ण भूमिका छ र यो आगामी दिनमा पनि कायम रहन्छ भन्ने मेरो विश्वास छ।”

राज्यका अन्य क्षेत्रजस्तै पत्रकारिता क्षेत्रको पनि आफ्नै मूल्य, मान्यता, सिद्धान्त र आदर्श छवि हुने भन्दै यसले नागरिकको भरोसा अभिवृद्धिमा सहयोगसिद्ध हुनुपर्ने धारणा राखेका छन्।

“यदाकदा पत्रकारिता क्षेत्रमा समेत अरु क्षेत्रको जस्तै कमि कमजोरी देखिने गरेको छ । पत्रकारले सत्यतथ्य, सन्तुलित र विश्वसनिय समाचार प्रबाह गर्ने मूल दायित्वबाट बिचलित नभई नभई न्यायको पक्षमा सतीसालजस्तो उभिनुपर्छ”, उपप्रधानमन्त्री खड्काले भने।

Leave A Reply

Your email address will not be published.