सुचना, समाचार र मनोरन्जन

कार्यान्वयन चरणमा रहेको संविधान जोगाउन आवश्यक: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यो संविधान कार्यान्वयनको चरणमा रहेकोले संविधानलाई जोगाउन एकदमै आवश्यक रहेको बताएका छन् ।

समुदायमा कांग्रेस अभियना अन्तर्गतको संवाद यात्रामा सप्तरीको राजविराजमा पत्रकारहरूसंग कुरा गर्दै महामन्त्री थापाले सुशासनको मुद्दा सबैभन्दा ठूलो रहेको जिकिर गर्दै सुशासनले भ्रष्टाचार रहित अवस्था मात्र नभएर श्रोत साधनको सहि सदुपयोग,सहि समयमा सहि निर्णय लिन सक्नु, जुन कुरामा ध्यान पुग्नुपर्ने हो त्यसमा ध्यान पुग्नु रहेको बताए ।

उनले भने, ‘सुशासन भयो भने मुलुकलाई कोल्टे फेर्न समय लाग्दैन् ।’ दुखि जनताको दुःख हरण गर्ने काम नेपाली कांग्रेसको भएकोले जनतालाई प्रत्यक्ष भेटेर उनीहरू समस्या बुझ्न आएको उनको भनाइ रहेको थियो । महामन्त्री थापाले सत्ताको पक्षमा बसेर जनताको काम गर्ने बेला आएको बताए ।

उनले भने, ‘चार वर्ष भित्र जनताको भएभरको समस्या समाधान गर्नुपर्छ ।’ सरकार कांग्रेसले चलाएकोले जनताको तमाम समस्या अन्त्य गर्ने मुख्य दायित्व पनि कांग्रेसको रहेको महामन्त्री थापाको भनाई रहेको छ।
मुलुकामा यो व्यवस्था आउन जनताले जे पाउँछु सोचेका थिए । त्यो पाउन नसकेको बताउँदै उनले भने,‘गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगार समेत पाउन नसकेकोले समस्या समाधानका लागि समुदायमा हामी आएका हौ ।’ सबै समस्या बुझेर तत्काल समस्या समाधानका लागि थाल्ने प्रतिबद्धता समेत उनले गरे ।

छिन्नमस्ता मन्दिर पर्यटन सम्भावना भएको मन्दिर भएकोले संघीय सरकारले खर्च गर्ने वजेटमा २०र२५ करोड खर्च गर्यो भने यसले ठूलो संख्यामा पर्यटक तान्छ र यसबाट आर्थिक फड्को मार्न सहयोग पुग्ने उनको भनाई रहेको थियो ।

गजेन्द्रनारायण नारायण सिंह अस्पतालको विषयमा शहरी र अर्थ मन्त्रालयले अस्पतालको भवनमा तादरूकता देखाएर भवन हस्तान्तरण गर्न सकियो भने तीन सय बेडको अस्पताल संचालनमा आउँछ र एम।बी.बी.एस संचालन गर्न सकिन्छ यो सबैकाम एक वर्षमा गर्न सकिने उनको भनाइ रहेको छ । उक्त अभियानमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, प्रतिनिधिसभा सदस्य दिनेश यादव तेजुलाल चौधरी लगायत रहेका छन् ।

Leave A Reply

Your email address will not be published.