सुचना, समाचार र मनोरन्जन

पिकनिक स्पटको गन्तव्य बन्दै घार्मी गाउँ

पोखरा /

पर्यटकीय शहर पोखरावाट नजिकै रहेको पर्यटकीय गाउँ घार्मी पछिल्लो समय पिकनिक र घुमघामका लागी आर्कषक गन्तव्य बन्दै गएको छ । पोखरा महानगर पालिका वडा नं. १९ मा पर्ने घार्मीको राम्चे, गिद्ध वस्ने डाँडाँ, रातामाटा, पाताल डाँडा पछिल्लो समयमा वनभोज गर्न र छोटो पदयात्राका लागी आन्तरिक पर्यटकको आर्कषक गन्तव्य बनेको हो।

केही वर्ष अगाडी नेपाल पत्रकार महासंघ कास्कीले वनभोज कार्यक्रम गरेपछि विस्तारै चर्चामा आएको घार्मी अहिले भने आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरेको छ ।हिउँदको सिजन विशेष गरी मंसिर १५ देखि चैतको पहिलो हप्तासम्म पिकनिक गर्नको लागी दैनिक जसो विभिन्न समुह त्यहाँ पुग्ने गरेको लव वाईट रेष्ट्रोका संचालक हिमलाल पौडेलले जानकारी दिए । विशेष पर्व र विदाको दिनमा आन्तरिक पर्यटकले भरिने उक्त स्थानवाट पोखराको रमणिय दृश्य सहित अन्नपुर्ण हिमश्रृंखला, धवलागिरी, माछापुच्छे्र हिमाल नजिकैवाट देख्न सकिन्छ । महेन्द्र गुफावाट नजिकै रहेको गिद्घ बस्ने डाँडामा पछिल्लो समय पिकनिक स्पट नै निर्माण गरिएको र पोखरा सहित देशका विभिन्न ठाउँवाट दैनिक जसो टोली आउने गरेको स्थानिय लेखनाथ लामिछानेले वताए ।त्यहाँ पानी, विजुली, पिकनिकका लागी आवश्यक सामाग्री, शौचालयको राम्रो प्रवन्ध भएकाले पनि पिकनिक खानेको संख्या बढ्ने गरेको लामिछानेले वताए ।

महेन्द्र गुफा र चमेरे गुफा आउने पर्यटक मध्य अधिकांश त्यहाँ पुग्ने गरेका छन् । घार्मीमा रहेको घार्मी भ्यु टावरवाट पोखरा, हेम्जा, भलाम, काहुँ, सराङ्गकोट, अर्मलाकोट लगायतका डाडाँको अवलोकन गर्न सकिने भएकाले पनि उक्त क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेकोे बताईएको छ ।पोखराको लामाचौर र महेन्द्र गुफावाट करिव ३ किलोमिटरको दुरीमा रहेको घार्मी पैदल यात्रा मार्फत आधा घण्टामा पुग्न सकिन्छ भने सवारी साधन मार्फत १० मिनेटमै पुग्न सकिन्छ । आन्तरिक पर्यटकको संख्या बढ्दै गएपछि त्यहाँका स्थानिय उत्पादनले समेत बजार पाएका छन् ।स्थानियले उत्पादन गरेका तरकारी, फलफुल तथा दुधले बजार पाउदा त्यहाँका कृषक समेत लाभाम्वित भएको व्यवसायी पौडेलले वताए । घार्मीको पर्यटकीय सुन्दरता नियाल्दै कुरेचौर र हरिपाउँ समेत पुग्न सकिन्छ । त्यहाँ पुग्ने आन्तरिक तथा वाहृय पर्यटकलाई लक्षित गरी लभ वाईट रेष्ट्रो एण्ड क्याफे, ईको कटेज रेष्टुरेन्ट, दि हिमालयन रिर्सोट, ढिकीडाँडा रिर्सोट संचालनमा छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने महानगरको तयारीले त्यस क्षेत्रका व्यवसायी थप उत्साहित समेत बनेका छन् ।

राजधानी घोषणले वाहृय पर्यटकको आगमनमा वृद्घि हुने र पर्यटन केन्द्रित व्यवसाय फस्टाउने अपेक्षा उनीहरुले गरेका हुन् । पहिला सडक र खानेपानीको अभावले गाउँ छाडेकाहरु अहिले सवै सुविधा गाउँमै उपलब्ध हुन थालेपछि फर्कन थालेका छन् भने युवाहरु गाउँमै विभिन्न उत्पादनशील क्षेत्रमा तल्लिन छन् ।पछिल्लो समय वाँदर आतंकका कारण तरकारी तथा फलफुल उत्पादनमा समस्या परेको गुनासो स्थानिय कृषकले गरेका छन्।

Leave A Reply

Your email address will not be published.