सुचना, समाचार र मनोरन्जन

यु–१९ विश्वकप : सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं /

यु–१९ विश्वकपमा सुपर सिक्स चरणमा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ । बंगलादेशविरुद्धको आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

यो विश्वकपमा हिजो भएका सुपर सिक्स चरणका खेलमा भारत र पाकिस्तान दुवैले जितेपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ । तर, नेपालले अब खेल्ने खेलहरु टेष्ट राष्ट्रविरुद्ध भएकोले यी खेलहरु निकै महत्वपूर्ण मानिएका छन् ।

यसअघि नेपालले समूह चरणमा टेष्ट राष्ट्र अफगानिस्तानलाई हराएर सुपर सिक्स पुगेको थियो । जारी विश्वकपमा टेष्ट राष्ट्रलाई हराउने नेपाल एकमात्र एसोसिएट राष्ट्र हो ।

Leave A Reply

Your email address will not be published.