सुचना, समाचार र मनोरन्जन

नेपालले गुमायो पहिलो विकेट, विपिन रावल आउट

नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्समा बंगलादेशविरुद्ध पहिलो विकेट गुमाएको छ ।

मंगउङ ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ३.५ ओभरमा ओपनर विपिन रावललाई गुमाएको हो।

Protin

उनी मरूफ मृद्धाको बलिङमा चौधरी मोहम्मद रिजवानले क्याच आउट भएका हुन्। १२ बल खेलेका उनले २ रन मात्रै बनाएर आउट भएका छन्।

रावलको स्थानमा आकाश त्रिपाठी ब्याटिङमा आएका छन्। ४.३ ओभर सकिँदा नेपाल २१ रन बनाएर खेलिरहेको छ।

नेपालले सुपर सिक्सका दुई खेल खेल्नुअघि नै सेमिफाइनल नपुग्ने निश्चित भइसकेको छ। त्यसकारण नेपालले आजको खेलमा दवाबरहित हुन पहिले ब्याटिङ रोजेको हो।

Leave A Reply

Your email address will not be published.