सुचना, समाचार र मनोरन्जन

यू-१९ विश्वकप क्रिकेट: बंगलादेशविरूद्ध नेपालले गुमायो छैटौं विकेट

यू-१९ विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरूद्धको खेलमा गुल्सन झा आउट भएका छन्।  बंगलादेशविरुद्ध नेपालले ब्याटिङमा संघर्ष गरिरहेको छ ।

खराब लयमा रहेका झा ३ रनमा आउट भएका हुन्। राष्ट्रिय टोलीबाट समेत खेलिसकेका गुल्सनले जारी प्रतियोगितामा राम्रो गर्न सकेका छैनन् । उनी आउट हुँदा नेपालले ३४. ४ ओभरमा ६ विकेटको क्षतिमा १२१ रन जोडेको थियो।

दुई ओभरपछि दिपक बोहरा पनि ३ रनमै आउट भएपछि नेपालले छैटौं विकेट पनि सस्तैमा गुमायो।

सुरुवाती ९ ओभरमै प्रमुख ब्याटर अर्जुन कुमालसहित तीन खेलाडी गुमाएको नेपालका लागि  देव खनाल र विशाल विक्रम केसीले सम्हाल्ने प्रयास गरेका थिए ।

चौथो विकेटको रुपमा कप्तान देव खनाल ३५ रन जोडेर आउट भएका छन्। उनले विशाल विक्रम केसीसँग चौथो विकेटको लागि ६२ रनको साझेदारी गरे। २७.४ ओभरमा आउट भएका देवले ६० बलमा ३ चौका हिर्काए।

त्यसअघि तेस्रो विकेटको रुपमा अर्जुन कुमाल १४ रनमा आउट भएका थिए। आकास त्रिपाठी ३ रन र ओपनर विपिन रावल २ रनमा आउट भएका थिए। नेपालले सुपर सिक्सका दुई खेल खेल्नुअघि नै सेमिफाइनल नपुग्ने निश्चित भइसकेको छ।

Leave A Reply

Your email address will not be published.