सुचना, समाचार र मनोरन्जन

आहा रारा पोखरा गोल्ड कप फुटबल: थ्री स्टार फाइनलमा

सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

पोखरा /

थ्री स्टार क्लब २३ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमीफाइनलमा जावलाखेल युथ क्लबलाई १-० ले हराउँदै थ्री स्टार फाइनलमा पुगेको हो ।

थ्रीस्टारको जितका लागि खेलको ७८ औं मिनेटमा दिपेश घलेले एक मात्र निर्णायक गोल गरे । दोश्रो हाफमा मैदान प्रवेश गरेका घलेले दिपेश आलेमगरको असिस्टलाई सुन्दर फिनिसिङ दिदै गोल गरेका थिए ।

थ्रीस्टार आहारारा गोल्डकपको ५ पटक उपाधि जितिसकेको छ । थ्रीस्टारले हालसम्म २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा आहाराराको उपाधि जितेको छ ।

थ्री स्टारले अब उपाधिका लागि त्रिभुवन आर्मी एफसी र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ ।

सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

भोलि अन्तिम सेमिफाइनल अन्तर्गत चर्चब्वाइज र नेपाल आर्मी फाइनल प्रवेशका लागि भिड्नेछन् । फाइनल शनिबार हुनेछ ।

Leave A Reply

Your email address will not be published.