सुचना, समाचार र मनोरन्जन

यु–१९ विश्वकप: नेपालले बंगलादेशलाई दियो १७० रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ नेपालले गरेका नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रन बनायो ।

काठमाडौं /

यु–१९ विश्वकपमा सुपर सिक्स चरणको पहिले खेलमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ नेपालले गरेका नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रन बनायो ।

नेपालका लागि विशाल बिक्रम केसीले ४८ तथा कप्तान देव खनालले ३५ रन बनाए भने अन्य ब्याटर राम्रो रन बनाउन सकेनन् । सुवाष भण्डारी १८ तथा अर्जुन कुमालले १४ रन बनाए । बंगलादेशका रोहनत दौल्लाहले ४ तथा शेख पेभेज जिवनले ३ विकेट लिए ।

यो विश्वकपमा हिजो भएका सुपर सिक्स चरणका खेलमा भारत र पाकिस्तान दुवैले जितेपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ । तर, नेपालले अब खेल्ने खेलहरु टेष्ट राष्ट्रविरुद्ध भएकोले यी खेलहरु निकै महत्वपूर्ण मानिएका छन् ।

यसअघि नेपालले समूह चरणमा टेष्ट राष्ट्र अफगानिस्तानलाई हराएर सुपर सिक्स पुगेको थियो । जारी विश्वकपमा टेष्ट राष्ट्रलाई हराउने नेपाल एकमात्र एसोसिएट राष्ट्र हो ।

Leave A Reply

Your email address will not be published.