सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

फिल्म ‘द्रोपदी’घोषणा गरेको ५ वर्षपछि बल्ल सुरसार,हिरो हिरोइनका लागि अडिसन गरिदै

काठमाडौं :

निर्देशक ऋषिराज आचार्यले ५ वर्षअघि घोषणा गरेको फिल्म ‘द्रोपदी’ बल्ल तयारीमा जुटेका छन्। २०७५ सालमा फिल्म ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज गर्दै ‘द्रोपदी’सहित ‘चुरीफुरी’को निर्माण घोषणा गरेका थिए। हतारमा घोषणा गरिएको उक्त फिल्म बल्ल यतिबेला फिल्म‘द्रोपदी’ काम अगाडि बढाएका छन् ।

sfal

फिल्मको काम अगाडि बढाएता पनि फिल्ममा कलाकार छनोट गरिएको छैन। यसमा लागि उनले यहि माघ २० गते अडिसन राखेका छन्।
उनका अनुसार फिल्मका लागि मुख्य अभिनेता÷अभिनेत्रीसहित १० जना कलाकारका लागि अडिसन हुन लागेको हो। फिल्मको अडिसन लिनुको मुख्य कारण फिल्मको कथा र चरित्रअनुसार पात्र खोजिनलाई हो।

फिल्मको नाम अनुसार फिल्म नारी प्रदान हुने छ। निर्देशक आचार्यले यो फिल्मको छायांकन कर्णाली प्रदेशको विभिन्न दुर्गम हिमाली क्षेत्रमा गर्न लागेका हुन्। आर.बी मुभिजको ब्यानरमा बन्न लागेको फिल्ममा निर्देशक आचार्य स्वयंको पटकथा लेखन छ । यस अघि उनले फिल्म ‘मिस्टेक’, ‘सुन्तलालाई भगाई लग्यो झिल्केले’, ‘सपना तिम्रो मेरो’सहित ५ वटा फिल्मको निर्देशन गरिसकेका छन्।

Leave A Reply

Your email address will not be published.