सुचना, समाचार र मनोरन्जन

मेहनत बुझ्नका लागि एक पटक विदेश जानुपर्ने पुर्व मिस नेपालको सुझाव

काठमाडौं :

पुर्वमिस नेपाल अनुष्का श्रेष्ठले नेपाली यूवाहरु एकपटक विदेश जानैपर्ने सुझाव दिएकी छन्। उनले काठमाडौंमा आयोजित एक कार्यक्रममा मेहनत के हो भन्ने कुरा बुझ्नका लागि विदेश जान सुझाव दिएकी हुन्।

सन् २०२० कि मिस नेपाल श्रेष्ठले उनले भनिन्,‘अहिलेको नेपालको विद्यार्थी एकपटक पढ्न विदेश गएको नै राम्रो भन्छु म। जबसम्म बेडमै चिया आउँछ, पाकेको खाना अगाडि आउँछ, कोठा भाडा तिर्नुपर्छ भन्ने बानी हुँदैन । तबसम्म हामीले मिहिनेत वुझ्दैनौं ।’

Protin

उनले आफु विदेश पुगेपछि घरको याद र भोकेको देखेको भन्दै नेपालीहरु धेरै लक्की रहेको उनको भनाई छ।

‘मैले विदेशमा पुगेपछि घरको याद र भोक देखेको छु । नेपाली हामी धेरै नै लक्की छौं,’उनले अगाडि भनिन्,‘उसो त म काठमाडौंमा जन्मिएकाले यसो भन्न मिल्दैन होला । तर, अहिले गाउँमा पनि सुविधा धेरै छ । साग सब्जी घरमै उब्जिन्छ । मिहिनेत गर्ने बानी सिक्नका लागि, हप्ता हप्तामा मिहिनेत गरेर कोठा भाडा तिर्ने बानी बसाल्नका लागि विदेश जानुपर्छ जस्तो लाग्छ ।’

आफैले कति काम गर्न सकिन्छ भन्ने कुरा अनुभग गर्नका लागि पनि विदेश जान नेपालीहरु आवश्यक रहेको उनको तर्क थियो।

Leave A Reply

Your email address will not be published.