सुचना, समाचार र मनोरन्जन

किन आगामी सोमबार नेपालभर बन्द हुँदैछ सिनेमा घर

काठमाडौं :

आगामी सोमबार नेपालभरका सिनेमा घर बन्द हुने भएका छन्। नेपाल चलचित्र संघले चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा सिनेमा घर बन्द बन्द गर्न लागेको हो।

Chaka Panja

संघले मंगलबार जारी गरेको विज्ञप्तिमा मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यवहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा एक दिन हल बन्द गर्न लागिएको जनाइएको छ ।

विज्ञप्तीमा फिल्म क्षेत्रले विभिन्न करहरुको नाममा ३३ प्रतिशतभन्दा बढी करहरु तिर्न बाध्य पारिएको र मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य करहरु नलगाउने संहिता विपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायत विभिन्न करहरुले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था आएको उल्लेख गरिएको छ ।

Leave A Reply

Your email address will not be published.