पोखरा/
बरपाण्डेथुम बहुउद्देश्यीय सामुदायिक शिकाइ केन्द्रले बिद्यार्र्थी र अभिभावकहरुलाई साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा बरपाण्डेथुम बहुउद्देश्यीय सामुदायिक शिकाइ केन्द्रले अभिभावक एवम् विद्यार्थी केन्द्रित साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम गरेको हो ।
साइबर अपराध भन्ने बित्तिकै अधिकांश घटना फेसबुक, टिकटक, इमो, हवाटसप, भाइबर, ट्वीटर जस्ता सामाजिक सञ्जालबाट हुने गरेको र त्यस्ता घटनालाई सामान्य रुपमा लिंदा समस्या बढीरहेको भन्दै साइबर अपराध न्युनीकरण गर्न सचेतना कार्यक्रम गरिएको सामुदायिक शिकाइ केन्द्रका अध्यक्ष केशवराज आचार्यले बताए ।
श्री शान्ति उदय मा.वि बरपाण्डेथुम, श्री चण्डी मा.वि बरभोटानी, कालीका मा.वि भञ्ज्याङमा अध्यनरत विद्यार्र्थी, शिक्षक अभिभावक लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक श्रवण कुमार विकले सामाजिक सञ्जालमा हुने आपराधिक घटना साथै इन्टरनेटको माध्यमबाट हुने अपराध, सफ्टवेर ह्याकिङ , इमेल ह्याकिङ र त्यसबाट बच्ने उपाय र कानूनी उपचारका विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा वरिष्ट वकिल रामचन्द्र त्रिपाठी, मनोविश्लेषक पदमराज जोशी, बरपाण्डेथुम बहुउद्देश्यीय सामुदायिक शिकाइ केन्द्रका सल्लाहकार केशवराज लम्साल, मोती भुजेल, पोखरा महागनगरपालिका ३३ का वडा सदस्य दुर्गा देवी थापा के।सी, वडा सचीव युवराज पौडेल, गण्डकी प्रदेश बाल ल्कबकी पूर्व अध्यक्ष दीपा आचार्य, कालीका मा.वि की छात्रा कन्चन लिम्बु लगायतले बोलेका थिए ।