सुचना, समाचार र मनोरन्जन
jaar

टी-२० आई शृंखलाको ट्रफी सार्वजनिक

काठमाडौँ/

नेपाल, हङकङ र यूएई सम्मिलित त्रिकोणात्मक टी-२० आई शृंखलाको ट्रफी सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी हुने हङकङ काठमाडौं नआइसकेका कारण नेपाल र यूएईका कप्तानले ट्रफी सार्वजनिक गरेका हुन् ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको यो शृंखला भोलि बुधबारदेखि काठमाडौंमा सुरु हुँदै छ । काठमाडौंको मुलपानीमा हुने प्रतियोगिताको पहिलो खेल नेपाल र यूएईबीच हुने छ । कात्तिक २ गते नेपाल र हङकङको खेल हुनेछ ।

आयोजक क्यानका अनुसार सहभागी टिमले डबल राउण्ड रोबिन लिग खेल्नेछन् र शीर्ष २ टिमले फाइनल खेल्ने छन् । फाइनल खेल कात्तिक १० गते हुने छ । त्रिकोणात्मक टी(२० सिरिजको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनबाट हुने छ ।

प्रतियोगिताका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । टी–२० आई विश्वकप क्रिकेट छनोटको तयारीका लागि क्यानले यो शृंखला आयोजना गरेको हो ।

Leave A Reply

Your email address will not be published.