सुचना, समाचार र मनोरन्जन

कानून निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न अध्यक्ष प्रचण्डको निर्देशन

काठमाडौं /

नेकपा {माओवादी केन्द्र}का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिएका छन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा उनले पार्टीका सबै सांसदले आफ्नो भूमिकालाई निखारेर लैजानुपर्ने बताएका थिए ।

चालु अधिवेशनमा महत्वपूर्ण कानून संसद्मा पेस गर्ने सरकारले तयारी गरेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले कानून निर्माणमा सक्रिय भूमिका खेल्न सांसदहरूलाई आग्रह गरें माओवादी केन्द्रका सचेतक रुपा सोशी चौधरीले जानकारी दिए ।

बैठकमा संसदीय मैत्री समूह गठन, आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माण, १६औँ आवधिक योजना, संसद्को कार्यतालिका, संसद् र समितिका बैठकबारे पनि छलफल भएको थियो ।

Leave A Reply

Your email address will not be published.