सुचना, समाचार र मनोरन्जन

केन्द्र र प्रदेश सरकारको बिबाद मिलाउन राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै

काठमाडौं /

राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौंमा बस्दै छ । संघीय सरकार, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौंमा बस्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा गत असारको पोखरा बैठकले गरेका अधिकांश निर्णय कार्यान्वयन नभए पछि परिषद्को दोस्रो बैठक आज हुन लागेको हो ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बैठक बस्ने सदस्य सचिव अर्जुन पोखरेलले जानकारी दिए । त्यसका लागि सबै प्रदेशका मुख्यमन्त्री काठमाडौं आइसकेका छन् ।

संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ को दफा १६ मा संघ, प्रदेश र स्थानीय तहको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न प्रधानमन्त्रीको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय समन्वय परिषद् रहने व्यवस्था छ । पहिलो बैठक गत असार १६ गते पोखरामा बसेको थियो ।

Leave A Reply

Your email address will not be published.