सुचना, समाचार र मनोरन्जन

अरुण चौधरीसहित तीनजना नै थुनामुक्त

काठमाडौं /

व्यवसायी अरुण चौधरीसहित तीनजना थुनामुक्त भएका छन्। बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनैजना बुधबार थुनामुक्त भएका हुन्।

यही १८ माघमा प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो {सीआईबी}ले चौधरीसहित कारखानाको तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुर पक्राउ परेका थिए।

अदालतको आदेशअनुसार हाजिरी जमानीमा उनीहरुलाई सीआईबीले छाडेको हो।

Leave A Reply

Your email address will not be published.