सुचना, समाचार र मनोरन्जन

क्यानडाविरुद्ध फिल्डिङ गर्दै नेपाल, ओडिआईमा आकाश चन्दको डेब्यू,

नेपालले आजको टोलीमा तीन परिवर्तन गरेको छ। आज एकदिवसीय अन्तर्राष्ट्रियमा यू१९ टोलीका तीव्र गतिका बलर आकाश चन्दले डेब्यू गरेका छन्।

काठमाडौं /

क्यानडाविरुद्धको दोस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा क्यानडाले टस जितेर ब्याटिङ रोजेको छ।

नेपालले आजको टोलीमा तीन परिवर्तन गरेको छ। आज एकदिवसीय अन्तर्राष्ट्रियमा यू१९ टोलीका तीव्र गतिका बलर आकाश चन्दले डेब्यू गरेका छन्। उनले यू१९ विश्वकपमा राम्रो प्रदर्शन गरेसँगै सिनियर टोलीमा परेका थिए। यस्तै अनिल कुमार शाहले टोलीमा पुनरागमन गरेका छन् भने देव खनाल पनि खेल्ने भएका छन्।

Pach Pandav

नेपालले अघिल्लो खेल खेलेका आरिफ शेख, ललित राजवंशी र कुशल भुर्तेलललाई बाहिर राखेको छ। तीन खेलका सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल ७ रनले विजयी भएको थियो।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, कुशल मल्ल, भीम सार्की, पवन सर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, आकाश चन्द र अनिलकुमार शाह ।

Leave A Reply

Your email address will not be published.