सुचना, समाचार र मनोरन्जन

नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित

काठमाडौं /

हङकङमा भएको त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ।

Chaka Panja

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा हङकङले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो। तर पहिलो पारीको आठौँ ओभरमा चलिरहँदा पानी परेपछि खेल रोकिएको हो। हङकङले आठ ओभरमा दुई विकेट गुमाउँदै ६५ रन बनाएको थियो।

त्यसअघि पाँच ओभर पूरा हुँदा पनि वर्षाका कारण खेल प्रभावित भएको थियो। हङकङका लागि अंशुमन रथले ३६ र बाबर हायत तीन रन बनाएका थिए। हङकङका लागि निजाकान्त खानले २५ रन बनाए।

नेपालका लागि करण केसी र गुल्सन झाले समान एक-एक विकेट लिए। शनिबार भएको नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेलमा नेपाल ७३ रनले पराजित भएको थियो। अब नेपालले यहि फागुन २९ गते पपुवा न्यूगिनसँग प्रतिष्पर्धा गर्नेछ।

Leave A Reply

Your email address will not be published.