सुचना, समाचार र मनोरन्जन

कास्की जिल्ला साइक्लिङ संघको अध्यक्षमा पुनः शंकर भण्डारी

पोखरा /

कास्की जिल्ला साइक्लिङ संघको अध्यक्षमा पुनः शंकर भण्डारी निर्वाचित भएका छन् ।

पोखरामा शनिबार सम्पन्न संघको साधारणसभा तथा अधिवेशनले उनलाई दोश्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । त्यसै गरी अधिबेशनले ९ सदस्यिय कार्यसमिति आगामी चार वर्षका लागि निर्विरोध निर्वाचित गरेको छ ।

संघको उपाध्यक्षमा जगन विश्वकर्मा, सचिवमा तुल बहादुर गुरुङ र कोषाध्यक्षमा कमल बहादुर नेपाली निर्वाचित भएका छन् । कार्यसमित सदस्यमा अशोक चालिसे, रविश्वर आचार्य, वमन चालिसे, आशामिंया श्रीमल र एलिना सापकोटा रहेका छन् ।

यस अघि उक्त साधारणसभा तथा अधिवेशनको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बाँनियाले गरेका थिए । कार्यक्रममा पोखरा महानगर खेलकुदका अध्यक्ष दिपक बहादुर गोदारलगायतले शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक बिजेता खेलाडी हिक्मत विक र प्रशिक्षक धन थापालाई सम्मान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.