सुचना, समाचार र मनोरन्जन

रेडियो अन्नपूर्णको रक्तदानमा २ सय ७ युनिट रगत संकलन

पोखरा /

रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले शनिबार पोखरामा आयोजना गरेको वृहत् रक्तदान कार्यक्रबाट २ सय ७ युनिट रगत संकलन भएको छ ।

नयाँ रक्तदातालाई रक्तदान प्रति पे्ररित गर्ने उद्देश्यर्ले स्वास्थ्यका लागि रक्तदान’ भन्ने नाराका साथ आयोजना गरेको २२ औं संस्करणको रक्तदानबाट २ सय ७ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक राजाराम पौडेलले जानकारी दिए ।

कार्यक्रममा नयाँ रक्तदाताको उल्लेखनीय सहभागिता रहेको थियो । ८० जना नयाँ रक्तदाता, १ सय ८४ पुरुष र २३ जना महिलाले रक्तदान गरेका छन् । रेडियोले आफ्नो स्थापना कालदेखि हालसम्म ७ हजार ७ सय ३ युनिट रगत संकलन गरिसकेको महा–प्रबन्धक नारायण पौडेलले बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति र रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले पहिलो रक्तदाता विजया सापकोटालाई संयुक्त रुपमा ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै संघका अध्यक्ष प्रजापतिले रेडियोले आफ्नो स्थापनाकालदेखि नै सामाजिक कार्य गर्दै आएको भन्दै प्रशंसा गरे ।

रेडियोका अध्यक्ष पालिखेले रेडियोले वार्षिक रुपमा रक्तदान गर्दै आइरहेको र यसलाई निरन्तरता दिइरहने बताए । प्रवन्ध निर्देशक सुनयना पालिखेले अहिलेसम्म रेडियोले आयोजना गरेको रक्तदानबाट रगतको अभावमा छटपटाइरहेका बिरामीको जीवन बचाउन सफल भएको भन्दै सहयोगी रक्तदाताप्रति धन्यवाद व्यक्त गरिन् ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, एनआइसी एसिया बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्मा, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङ, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, लायन मिलन थापा, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना, महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, वडा नं ४ का वडा अध्यक्ष देवकृष्ण पराजुली, वडा नं. ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी, कलाकार माओत्से गुरुङ, आकस्मिक रक्तदान व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द्र शर्मा, रक्तसंचारकेन्द्र गण्डकीका प्रमुख अजुर्न ज्ञवालीलगायतले रेडियोले सामाजिक कार्यमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा पोखरा इन्टरनेट ,एनआइसी एसिया बैंक, नबिल बैंक, नेपाल बैंक, श्री स्टील प्रा.लि, बृज एडिटिभिज, रुपाकोट सुनचाँदी दुकान, डि.एस ट्रेड्स, सलिको इन्स्योरेन्स, चलचित्र ईश्वर, राष्ट्रिय बाणिज्य बैंक, नेलम्बो नेपाल, लायन्स क्लब अफ स्मार्ट टाउन, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज, सिजि फुड्स नेपाल रियो जुस, डावर नेपाल रियल जुस, माई बुक्स स्टेसनरी, रोजिना अफसेट प्रेस, परिचय एडभटाइजिङ, पेन्गुइन मिनिरल वाटर, तालबाराही फार्मेसी, सोपान एजुकेसनले सहकार्य गरेका थिए ।

Leave A Reply

Your email address will not be published.