सुचना, समाचार र मनोरन्जन

आयरल्याण्ड वुल्भ्ससँग नेपाल ए को लगातार दोस्रो हार

काठमाडौं /

आयरल्याण्ड वुल्भ्सले नेपाल ए विरुद्धको टी–२० सिरिज एक खेल अघि नै जितेको छ। शनिबार सम्पन्न सिरिजको दोस्रो खेलमा ४०  रनले नेपाल ए माथि जित हासिल गर्दै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिज २–० ले जितेको हो।

आयरल्याण्ड वुल्भ्सले दिएको २२५ रनको विशाल लक्ष्य पछाएको नेपाल ए ले १७.५ ओभरमा अल आउट हदै १८४ रन बनाएको थियो।

नेपालका लागि सर्वाधिक रन देव खनालले बनाए। देव २५ बलमा ४७ रन बनाएर आउट भए। त्यस्तै बसिर अहमदले २७ रन बनाए भने कप्तान विनोद भण्डारीले २६, लोकेश बमले २५, आरिफ सेखले १४, पवन सराफले १० रन बनाए।

Pach Pandav

त्यसैगरी आयरल्याण्ड वुल्भ्सका बलर बेन ह्वाइटले ३ विकेट लिए भने फिओन हान्ड र थोमस मायेसले २–२ तथा माथ्यु फोस्टर र ग्यारेथ डेलानीले एक एक विकेट लिए। यस अघि टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वुल्भ्सले २० ओभरमा ६ विकेट गुमाउदै २२४ रन बनाएको हो ।

आयरल्याण्ड वुल्भ्सका लागि कप्तान निल रकले सर्बाधिक ७१ रन बनाएका थिए भने पिटर मूरले सर्वाधिक ६५ रन बनाए। त्यसैगरी जेम्स म्याकोलमले २६, फिओन हान्डले १९, रोज अदैरले १७ रन बनाए।

त्यसैगरी नेपाली बलर सागर ढकालले ३ विकेट लिए भने कमल सिंह ऐरी र पवन सर्राफले एक एक विकेट लिएका थिए।

यस अघि शुक्रबार सम्पन्न खेलमा आयरल्याण्ड वुल्भ्सले नेपाल ए लाई २१ रनले पराजित गरको थियो। योसँगै आयरल्याण्ड वुल्भ्सले तीन खेलको सिरिजमा २–० को अग्रता हासिल गरको छ र सिरिज जितेको पनि छ। अब सिरिजको अन्तिम खेल सोमबार हुने छ।

Leave A Reply

Your email address will not be published.