सुचना, समाचार र मनोरन्जन

नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई दियो २१४ रनको लक्ष्य

काठमाडौं /

नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई २१४ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको हो।

Chaka Panja

नेपाल ए का लागि आरिफ सेखले सर्बाधिक ९३ रन बनाएका थिए। आरिफले ४८ बल खेल्दै अविजित ९३ रन बनाएका हुन्। त्यस्तै रसिद खानले २४ रन बनाएका थिए भने बसिर अहमदले १९, कमल सिंह ऐरीले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाएका थिए ।

त्यसैगरी आयरल्याण्ड वोल्भ्सका लागि फिओन हान्डले २ विकेट लिएका थिए भने लियाम म्याकार्थी, म्याथ्युज फोस्टर, ग्यारेथ डेलानी र गाभिन होयले एक एक विकेट लिएका थिए।

Leave A Reply

Your email address will not be published.