सुचना, समाचार र मनोरन्जन

मुद्रण उद्योग संघ कास्कीको चाडपर्व लक्षित शुभकामना आदानप्रदान

पोखरा/कमल पौडेल अथक 
पोखराको न्यूरोडस्थित होटल दीपसागरमा बिहीवार विहानै मुद्रण उद्योग संघ कास्कीको चाडपर्व लक्षित शुभकामना आदानप्रदान । समय विहान ८ बजे । निम्तालु भन्दा अगाडि नै पुगेका थिए संघका अध्यक्ष चिन्तामणि बास्तोला सहितका केही सदस्यहरु । जब तोकिएको समय सुरु भो तब निम्तालु आउन सुरु गरे ।

निम्तालु आ आफ्नै तरिकाले करीव आधाघण्टा जति आउने क्रम नै रह्यो । आउनेले खाजा खाँदै गए । अब यो कार्यक्रम कसरी सुरु होला सवैको जिज्ञासा यही थियो । अव शुभकामनाका नाममा पक्कै पनि यहाँ भाषण हुन्छ होला निम्तालुको अड्कल यही थियो । संघका महासचिव रामप्रसाद भूर्तेलले संघका अध्यक्ष चिन्तामणि बास्तोलालाई आगन्तुक अतिथिहरुलाई स्वागत गर्न समय दिए ।

Chaka Panja

तव आयोजक संस्थाका अध्यक्ष चिन्तामणि बास्तोलाले स्वागत गरे । त्यसपछि उनले हातमा फूलको थुङ्गा थमाए र एक आपसमा खुसी साट्दै प्याकेटको लड्डू छेउमै भएका साथीलाई खुवाउन लगाए । फूल हस्तान्तरण गर्दै एक पीस लड्डू खुवाउँदै गर्दा झण्डै १५ मिनेटमा कार्यक्रम सकियो । तव संघका केन्द्रीय उपाध्यक्ष पदमलाल श्रेष्ठले संघले फरक तरिकाले शुभकामना आदान प्रदान गरेको भन्दै कार्यक्रमको प्रशंसा गरे ।

कार्यक्रमको बीट मार्दै अध्यक्ष चिन्तामणि बास्तोलाले जहाँ शुभकामना कार्यक्रम भनेर बोलाएर गएपनि घण्टौ भाषण गरेर समय बर्वाद पारिएको बताए ।त्यसैले शुभकामना आदान प्रदानको कार्यक्रममा परिवर्तन गरेको भन्दै सबैलाई शुभकामना तथा हार्दिक आभार प्रकट गरे । तब कार्यक्रम सुरु भएको ४५ मिनेटमा नै चाडपर्व लक्षित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।

Leave A Reply

Your email address will not be published.