सुचना, समाचार र मनोरन्जन

राजीनामा दिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिने भएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्री पाण्डेले राजीनामा बुझाउने तयारी गरेका हुन् ।

Pach Pandav

मुख्यमन्त्री पाण्डेले राजीनामा दिनुअघि मन्त्रिपरिषद बैठक गरेका थिए। उक्त बैठकपछि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले मुख्यमन्त्री पाण्डेले राजीनामा दिन लागेको पत्रकारहरूलाई जानकारी गराएकी थिइन्।

गत फागुन २३ माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले २२ गते संसदमा विश्वासको मत लिनुपर्ने थियो । तर, पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलका हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाएका छन् ।

Leave A Reply

Your email address will not be published.