सुचना, समाचार र मनोरन्जन

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को टोली सिरुवारीमा

पोखरा /

पर्यटन क्षेत्रमा कृयाशिल महिलाहरूको संस्था महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को टोली बुधबार स्याङजाको पर्यटकीय गाउँ सिरुवारी आइपुुगेको छ ।

२०७४ सालदेखि पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा कृयाशिल ओटेफले आफ्नो वार्षिक कार्ययोजना अनुसार विभिन्न पर्यटकीय गाउँहरूमा कार्यक्रम गर्दै आएकोमा सिरुवारीमा कार्यक्रम गर्न लागिएको ओटेफका अध्यक्ष उमा रेग्मीले जानकारी दिए ।

पर्यटन क्षेत्रमा कृयाशिल व्यवसायी, सञ्चारकर्मी सहितको टोली सिरुवारी आएको जानकारी दिदै अध्यक्ष रेग्मीले बिहीबार आँधिखोला गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत लगायतको सहभागितामा “गाउँ पर्यटन प्रवद्र्धनका लागि स्थानीय समुदायको सहभागिता” विषयक अन्तरक्रिया गरिने बताए ।

टोलीमा पर्यटन व्यवसायी, सञ्चारकर्मी सहित ५५ जना सहभागिता रहेको कार्यक्रम संयोजक मञ्जुु शर्मा भट्टराईले जानकारी दिए । नेपालमै पहिलोपटक गाउँ पर्यटनको सुुरुवात भएको गाउँका रुपमा सिरुवारीले चासो र चर्चा कमाएको छ ।

Leave A Reply

Your email address will not be published.