सुचना, समाचार र मनोरन्जन

ताराकुञ्जमा नेतृत्व विकास तालिम सम्पन्न

पोखरा /

ताराकुञ्ज सेकेन्डरी स्कुल पाटनवेशीमा उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

समापन समारोमा बोल्नुहुदै प्रमुख अतिथी विद्यालयका निर्देशक विष्णु तिमल्सीनाले विद्यार्थीहरुको अन्र्तनिहीत क्षमतालाई उजागर गर्न तालिम निकै लाभदायक भएको बताए । आफ्ना मनका कुरा समुहमा व्यक्त गर्न सक्ने क्षमता प्रदान गर्न तालिम निकै फलदायी भएको उनको भनाई थियो ।

कार्यक्रममा प्रशासनिक निर्दशक नरेश तिमल्सीना, प्राचार्य रवि मोहन बराल, पुर्व प्राथमिक तह संयोजक प्रतिभा तिमील्सीना लगायतका अतिथीहरुले विद्यार्थीहरुमा बोल्ने शैलीमा देखिएको परीवर्तन प्रति खुशी व्यक्त गरे ।

कक्षा ८ र ९ का कुल २४ जना विद्यार्थीहरु सहभागी भएको तालिमको समापन समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश तिमल्सीनाको अध्यक्ष्यतामा भएको थियो भने तालिममा सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीले सहजीकरण गरेका थिए ।

Leave A Reply

Your email address will not be published.