काठमाडौँ/

सरकारले विभिन्न देश तथा कुटनीतिक नियोगका लागि सिफारिस गरेका ६ राजदूतमध्ये आज ३ जनामाथि संसदीय सुनुवाइ हुँदैछ। दिउँसो साढे १२ बजे सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा ३ जनामाथि सुनुवाइ हुन लागेको हो ।
संयुक्त अरब इमिरेट्सका लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्री, कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्साल र थाइल्यान्डका लागि प्रस्तावित राजदूत धनबहादुर ओलीमाथि संसदीय सुनुवाइ हुने छ ।