सुचना, समाचार र मनोरन्जन

बिरौटा साझा चौतरीमा ५३ यूनिट रगत संकलन

पोखरा/

लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५३ यूनिट रगत संकलन भएको छ ।

Gandarbha

शनिबार पोखरामा भएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका हुन् । कार्यक्रमको ब्लड डोनेसन डिपार्टमेन्ट चिफ ठाकुर प्रसाद अधिकारीले कार्यक्रमको उद्घाटन गरे । उनले रक्तदानको महत्वका बारेमा बोल्दै क्लवले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र प्रमुख महेन्द्र जिसी, डिर्पाटमेन्ट चिफ दुर्गाकुमारी आचार्य, डिर्पामेन्ट चिफ सिता पहारी, सिनियर एड्भाइजर रजनी कोइराला, डिपार्टमेन्ट कोचिफ सिता पाहारी, एड्भाइजर सावित्रा पौडेल, जीएमटी कोर्डिनेटर रेखादेवी पोखरेल, रिजन चेयर पर्सन भोजराज बराल, जोन चेयर पर्सन गिता पराजुली, सदा शिवजी हरिहर मन्दिरका अध्यक्ष नगेन्द्र शर्मा लगायतले बोलेका थिए ।

क्लवका अध्यक्ष लक्ष्मी बराल आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अमृता अधिकारीले गरेकी थिइन् ।
क्षेत्रिय रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

Leave A Reply

Your email address will not be published.