सुचना, समाचार र मनोरन्जन

नेपाल आइडल विजेता रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ ।

लोकप्रिय गायन रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनकी पत्नीले दिएको वैवाहिक बलात्कार मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । श्रीमतीले आफ्नै श्रीमानले आफूलाई बलात्कार गरेको उजुरी आएपछि कारवाही अगाडि बढाइएको कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

पत्नीले अप्राकृतिक तरिकाले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । पुर्जी जारी भएसँगै ओड फरार भएका छन् । ओड नेपाल आइडलका विजेता हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पक्राउ पुर्जी जारी भएपछि प्रहरीले गायक ओडको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

श्रीमतीको मेडिकलको प्रक्रिया भइरहेको र अनुसन्धान सुरु भइसकेको प्रहरीले बताएको छ ।

Leave A Reply

Your email address will not be published.