सुचना, समाचार र मनोरन्जन

नेपाल ए ६० रनमै अलआउट, आयरल्याण्ड एसँग ११४ रनले पराजित

काठमाडौं /

दोस्रो अनअफिसियल एकदिवसीय क्रिकेट खेलमा नेपाल ए आयरल्याण्ड एसँग ११४ रनले पराजित भएको छ । आयरल्याण्ड एले दिएको १७५ रनको लक्ष्य पच्छ्याएको नेपाल ए १६.५ ओभरमा अलआउट हुँदा ६० रन मात्र बनाउन सक्यो ।

नेपाल एका लागि भिम सार्कीले १७ र विनोद भण्डारीले १६ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । आयरल्याण्ड एका लागि म्याथ्यु हम्फ्रेजले ६ विकेट लिए । फिन ह्याण्ड र थोमस मेसले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्याण्ड एले ३८ दशमलव चार ओभरमा अलआउट हुँदै एक सय ७४ रन बनाएको थियो । उसका लागि गानिभ होयले अर्धशतकीय पारी खेले। उनले ५९ बल खेल्ने क्रममा दुई छक्का र पाँच चौकाको सहयोगमा ५० रन बनाए।

कप्तान निल रकले ३८ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ४५ रन बनाए भने लियाम मकार्थीले ३५ रन बनाए। साथै पिटर मुरले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन्।

नेपाल एका लागि रिजन ढकाल र सहाब आलमले तीन–तीन विकेट लिए भने मौसम ढकालले दुई र कमल ऐरीले एक विकेट लिए। प्रतियोगिताको पहिलो खेलमा आयरल्याण्डसँग २१ रनले पराजित भएको नेपालले दोस्रो हारसँगै सिरिज हारिसकेको छ ।

Leave A Reply

Your email address will not be published.