सुचना, समाचार र मनोरन्जन

मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्ण विद्युतीकरण, देशभर ५ प्रतिशतमा विद्युत पुग्न वाँकी

काठमाडौँ/

नेपाल विद्युत प्राधिकरणले देशको कूल जनसंख्याको ९५ प्रतिशत जनता विद्युतको पहुँचमा पुगेको जनाएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ९५ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगेको जानकारी दिएका हुन् ।

उनले राष्ट्रिय प्रसारणलाईनमा जडित बिजुलीको पहुँचमा उक्त जनसंख्या आएको बताए । यसमध्ये मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पूर्णरुपमा विद्युतीकरण भएको उनले बताएका छन् ।

यस्तै, कोसीमा ९५ प्रतिशत र लुम्बिनीमा ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगेको छ । कर्णाली प्रदेशको ६७ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ८२ प्रतिशत जनसंख्या विद्युतको पूर्ण पहुँचमा पुगेको घिसिङले बताए ।

नेपालको ७५३ स्थानीय तहमध्ये प्राधिकरणको प्रणालीबाट ५०५ स्थानीय तहमा पूर्ण विद्युतीकरण भएको छ । यस्तै, २२७ वटा स्थानीय तहका अधिकांश स्थानमा र २१ वटा स्थानीय तहमा सोलार, साना तथा लघुजलविद्युत आयोजनाबाट विद्युतीकरण भएका छन् ।

Leave A Reply

Your email address will not be published.