सुचना, समाचार र मनोरन्जन
RU

२४ तोला सुनसहित पोखराबाट महिला पक्राउ

पोखरा/

वडा प्रहरी कार्यालय बैदामले २४ तोला सुनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-१ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कलपना गुरुङ रहेको प्रहरीले जनाएको छ ।

बैदाम प्रहरी कार्यालय प्रमुख डीएसपी वेद जोशीका अनुसार गुरुङलाई काठमाडौंबाट पोखरा आने क्रममा पृथ्वीचोकबाट नियन्त्रणमा लिइएको हो । ‘कहाँबाट कहाँ लैजाने? कसको हो भन्ने अनुसन्धान हुँदैछ,’ जोशीले भने ।

अहिले स्थानीय र प्रत्यक्षदर्शीको रोहबरमा मुचुल्का उठाउने काम भैरहेको बैदाम प्रहरीले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.