सुचना, समाचार र मनोरन्जन

नागरिक उड्डयन प्राधिकरणले रोक्यो सिम्रिक एअरको सबै उडान

काठमाडौँ/

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एअरका सबै उडानमा रोक लगाएको छ । प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ नतिरेकाले आज शुक्रवारदेखि कम्पनीका सबै हेलिकप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट सिम्रिक एअरको वित्तीय अवस्था पनि कमजोर देखाएकाले सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उडान रोकिएको उनको भनाइ छ ।

Chaka Panja

ुसिम्रिक एअरको वित्तीय अवस्थाका कारण पाइलट तथा कर्मचारीको पारिश्रमिक नै नपाउने अवस्था हुनु उडान सुरक्षाका दृष्टिकोणले गम्भीर मानिन्छ, त्यसैले प्राधिकरणले सिम्रिक एअरका सबै हेलिकोप्टरको उडानमा रोक लगाइएको होु, सूचना अधिकारी भुलले भने।

नागरिक उड्डयन निमयावली–२०५८ र विमानस्थल सेवा शूल्क नियमावली–२०७८ बमोजिम सिम्रिक एअरको उडानमा रोक लगाइएको हो । भुलका अनुसार बक्यौता नतिरेसम्म उडान रोकिने र बक्यौता रकम आजै बुझाएको खण्डमा उडान गर्न दिइने छ ।

सिम्रिक एअरसँग रहेका चार हेलिकप्टरमध्ये एउटा बिग्रिएको र बाँकी तीन वटाले उडान भर्दै आएका थिए । कम्पनीसँग दुई वटा बेल र दुई वटा एएस ३५० हेलिकप्टर छन् ।

Leave A Reply

Your email address will not be published.