सुचना, समाचार र मनोरन्जन

‘योङ्ग इन्टरप्रेनर्स अफ पोखरा च्यालेन्जेज एण्ड अपरचुनिटी’ बिषयक कार्यक्रम सम्पन्न

'अन्तर्राष्ट्रिय युवा दिवस, २०२३' का अवसरमा पोखराको कुटी रिर्सोटमा बिहान ८ बजेदेखि भएको कार्यक्रममा पोखराका सफल युवा व्यवसायीले वक्ताका रुपमा आ-आफ्नो भनाई राखेका थिए ।

पोखरा /

नेपाली युवा उद्यमी मञ्च (NYEF) ले आयोजना गरेको ‘योङ्ग इन्टरप्रेनर्स अफ पोखरा च्यालेन्जेज एण्ड अपरचुनिटी’ अर्थात पोखराका युवा व्यवसायीमा देखिएका चुनौति र अवसर बिषयक कार्यक्रम सम्पन्न भएको छ ।

‘अन्तर्राष्ट्रिय युवा दिवस, २०२३’ का अवसरमा पोखराको कुटी रिर्सोटमा बिहान ८ बजेदेखि भएको कार्यक्रममा पोखराका सफल युवा व्यवसायीले वक्ताका रुपमा आ-आफ्नो भनाई राखेका थिए ।

वक्ताहरु पालिखे ब्रदर्श प्रालीका प्रबन्ध निर्देशक प्रकाश देव पालिखे, केसी ग्रुपका निर्देशक किरण केसी, बिग स्प्लाश वाटरपार्कका प्रबन्ध निर्देशक अमित राज मुल्मी र मिडटाउन ग्यालेरीजका प्रबन्ध निर्देशक निकेश द्वाले ‘योङ्ग इन्टरप्रेनर्स अफ पोखरा च्यालेन्जेज एण्ड अपरचुनिटी’को बारेमा बोले । कार्यक्रममा मध्यस्थकर्ताको रुपमा स्वाकन अन्तर्राष्ट्रिय अस्पतालका निर्देशक मिलन केसी रहेका थिए ।

वक्ताहरु पालिखे ब्रदर्श प्रालीका प्रबन्ध निर्देशक प्रकाश देव पालिखे, केसी ग्रुपका निर्देशक किरण केसी, बिग स्प्लाश वाटरपार्कका प्रबन्ध निर्देशक अमित राज मुल्मी र मिडटाउन ग्यालेरीजका प्रबन्ध निर्देशक निकेश द्वाले ‘योङ्ग इन्टरप्रेनर्स अफ पोखरा च्यालेन्जेज एण्ड अपरचुनिटी’को बारेमा बोले ।

कार्यक्रममा पोखराका कलेज पढ्ने युवा युवतीहरुको बाक्लो उपस्थिति रहेको थियो । जहाँ व्यवसायमा देखिएका चुनौति सँगै अवसरका विषयमा छलफल भयो । उक्त कार्यक्रमको संयोजन युवा व्यवसायी ई.सरोज कायस्थले गरेका थिए ।

देशको पछिल्लो समयको आवश्यकतालाई मध्यनजर गर्दै उक्त कार्यक्रमको आयोजना गरिएको कार्यक्रमको संयोजन युवा व्यवसायी ई. कायस्थले जानकारी दिए । व्यवसाय गर्न इच्छुक युवाहरुलाई प्रेरित गर्ने उद्देश्य स्वरुप एनवाईईएफ अगाडि बढीरहेको उनले बताए ।

सन् २००४ देखि क्रियाशिल संस्था हो एनवाईईएफ । जसले युवाहरुलाई स्वरोजगारमा लाग्न विविध कार्यक्रमको आयोजना गर्दै आएको नेपाली युवा उद्यमी मञ्च (NYEF) पोखरा च्याप्टेरका अध्यक्ष निरन केसीले बताए ।

एनवाईईएफले नेपालमा नै उत्पादन बढाउनुपर्ने विषयमा वकालत गर्दै आएको अध्यक्ष केसीले बताए । बाहिरी मुलुकको आयतित वस्तु भन्दा नेपालमा नै उत्पादनको क्षेत्रमा बढ्वा दिनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै ‘योङ्ग इन्टरप्रेनर्स अफ पोखरा च्यालेन्जेज एण्ड अपरचुनिटी’ कार्यक्रम गरेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.