सुचना, समाचार र मनोरन्जन

पराजुली र शर्मा नेपाल भलिबल संघको सल्लाहकारमा मनोनयन

पोखरा /

हरिप्रसाद पराजुली र नारायण शर्मा नेपाल भलिबल संघको केन्द्रिय सल्लाहकारमा मनोनयन भएका छन् ।

Chaka Panja

संघको शुक्रबार सम्पन्न २० औं बोर्ड बैठकले पराजुली र शर्मालाई भलिबल खेल विकासमा उनीहरुको योगदानको कदर गर्दै सल्लाहकारमा मनोनयन गरेको हो ।

पराजुली नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तथा भलिबलका पूर्व राष्ट्रिय खेलाडी समेत हुन् । २०३४ साल देखि अनवरत भलिबल खेलमा प्रवेश गरेका पराजुलीले २०३८ सालमा सम्पन्न प्रथम राष्ट्रिय खेलकुद, २०४० सालमा सम्पन्न दोश्रो राष्ट्रिय खेलकुद, नवौं एसियाली खेलकुद १९८२ लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको सहभागिता रहेको थियो ।

यसै गरी शर्मा टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष हुन् । गण्डकी प्रदेशको भलिबल खेल विकासका लागि अनवरत रुपमा लागेका शर्मा पोखरा महानगर पालिकाको वरिष्ठ कानुनी अधिकृत समेत हुन् । उनी यस अघि समेत संघको सल्लाहकार रहेका थिए ।

Leave A Reply

Your email address will not be published.