सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

रोट्रयाक्ट न्युरोड पोखराको ११औं पदस्थापन, अध्यक्षमाः सुनिल पराजुली

आशिष पुरी / पोखरा
रोट्रयाक्ट क्लब अफ न्युरोड पोखराको ११औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । रोट्र्याक्ट डिष्ट्रिक्क ३२९२ अन्तर्गत आवद्ध क्लबले ११औं अध्यक्षकोरुपमा रोटा वर्ष २०२३/२४ का लागि सुनिल पराजुली चयन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि सहायक गभर्नर रो.पूरन कुमारले आफु पनि रोटरीमा धेरै वर्षबाट लागेको र रोट्रयाक्टमा लागेको मान्छे कुनैपनि कुराले पछि नपरेको कुरा बताए । साथै विशेष अतिथि रोटरी क्लब अफ पोखरा न्यूरोडका रोरामविक्रम अधिकारीयुवाहरु सामाजिक कार्यमा लिप्त भएर लाग्नु आफैमा राम्रो काम भएको र आउने दिनमा आफ्नो साथ दिने उनले बताए ।

sfal

रोट्रयाक्ट क्लब अफ न्युरोड पोखराले १० कार्यकाल पुरा गरेर हाल आफ्नो ११औं वर्ष सेवामा चलिरहेको छ। र आज ८० जना भन्दा बडी सक्रिय सदस्यहरूको साथमा गर्वकासाथ खडा छ । क्लबमा ५ जना नयाँ सदस्य पनि भित्र्याइएको छ । कार्यक्रमको समापन सत्रमा आफू पदस्थापित भइसकेपछि अध्यक्ष पराजुलीले १४ सदस्यसहितको बोर्ड अफ डिरेक्टरहरु चयन गरेका छन् ।

अध्यक्ष सुनिल पराजुलीको टिममास् निवर्तमान अध्यक्ष रो.उत्सव ढकाल, उपाध्यक्षमा रो.श्रीनाथ वाग्ले र कुशल बराल , सचिवमा रो.शिवानी छेत्री , कोषाध्यक्षमा रो.भारत रानाभाट, सहसचिवमा रो.बिनय लामिछाने, सहकोषाध्यक्षमा रो.बिकाश सुनार, क्लब एड्मिनिस्ट्रेसन चियरमा रो.विजय सुबेदी, सर्ज-एट-आम्समा रो.सदिक्ष्या पोख्रेल, रोटरी फाउन्डेसन चियर र प्रोफेसनल डेभलपमेन्ट चियरमा रो.आशिष पुरी, सर्भिस प्रोजेक्ट चियरमा रो.आश्विन कार्की, पब्लिक ईमेज चियरमा रो.शिव बराल र ईन्टरनेशनल सर्भिस चियरमा रो.बबी छेत्री छन ।

Leave A Reply

Your email address will not be published.