सुचना, समाचार र मनोरन्जन

सप्तकोशीमा पानीको बहाव वर्षकै उच्च, सतर्क रहन प्रशासनको आग्रह

सुनसरी /

सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । सोमबार बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको प्रशासनले जनाएको छ ।

Chaka Panja

सप्तकोशीमा एक लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको सङ्केत मानिन्छ । पानी बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका अहिले खोलिएका छन् । कोशी नदीको तटीयमा क्षेत्रमा रहेका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रहसमेत गरेको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर ९नेपालको पहाडी भू(भागको नजिक० अवस्थित रहेको छ। यसका साथै बङ्गालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव रहेको छ। हाल देशभर पूर्णतया बदली रही सबै प्रदेशका पहाडी भू(भागका केही र बाँकी भू(भागका थोरै स्थानहरूमा वर्षा भइरहेको छ।

Leave A Reply

Your email address will not be published.