सुचना, समाचार र मनोरन्जन

एसिया कप: भारत र पाकिस्तानसँग खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ/

नेपाली क्रिकेट सङ्घ (क्यान) ले एसिया कप २०२३ का लागि नेपाली टोलीको घोषणा गरेको छ । आज सोमवार नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

एसिया कप अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलङ्कामा हुनेछ । समूह ुएु मा नेपालसहित भारत र पाकिस्तान छन् । यस्तै समूह ुबीु मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।

Chaka Panja

नेपालले पहिलो खेल अगस्ट ३० मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा सेप्टेम्बर ४ मा भारतसँग श्रीलङ्कामा खेल्नेछ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो ।

हरेक समूहका शीर्ष दुई टोली सुपर ४ मा पुग्नेछन् । सुपर पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । एसिया कपअघि नेपालले पाकिस्तानको कराँचीमा स्थानीय टिमसँग अभ्यास खेल खेल्नेछ ।

नेपाली टिम

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख ९विकेटकिपर०, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलसन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल ।

Leave A Reply

Your email address will not be published.