सुचना, समाचार र मनोरन्जन

बरामद क्विन्टल सुन आज गालिँदै

काठमाडौं /

नेपाल राष्ट्र बैंकले सिनामंगलबाट बरामद तस्करीको सुन आज गाल्ने भएको छ ।

Chaka Panja

स्कुटरको ब्रेक शुमा लुकाएर ल्याइएको सुन सोमबार राष्ट्र बैंकको टक्सार महाशाखाले निकाल्ने काम गरेको थियो। बरामद सुन निकालेर जोख्दा ६० किलो ७८९ ग्राम भएको महाशाखा प्रमुख थानेश्वर आचार्यले बताएका छन्।

पहिले ब्रेक शुसहित जोख्दा १५५ किलो भएपछि करिब एक क्विन्टल सुन रहेको अनुमान गरिएको थियो। सोमबार निकालिएको सुन मंगलबार बिहान साढे १० बजे गाल्न शुरु गर्ने महाशाखा प्रमुख आचार्यले जानकारी दिए।

त्रिभुवन भन्सार कार्यालयबाट उम्किएको सुन राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामंगलबाट बरामद गरेको थियो।

Leave A Reply

Your email address will not be published.