सुचना, समाचार र मनोरन्जन

पाेखरामा ट्हाेंटे पर्वकाे राैनक {हेर्नुहोस् परिचय झलकहरु}

ट्होंटे पर्व बर्षमा उभोैली र उधोैली गरि दुईपटक मनाउने प्रचलन छ। गुरुङहरुको पहिचान स्थापित गर्न यो पर्व मनाउन लागिएको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बताए ।

पोखरा /

तमु (गुरुङ) समुदायले मनाउने मोैलिक तथा सांस्कृतिक पर्व ट्होंटे पोखरामा धुमधामका साथ मनाइएको छ।

हरेक वर्ष साउन र चैतको अन्तिम मंगलबार मनाउने यो पर्वलाई आज पोखरामा तमु धिं नेपालले विविध कार्यक्रमको आयोजना गरि मनायो ।

ट्होंटे पर्व बर्षमा उभोैली र उधोैली गरि दुईपटक मनाउने प्रचलन छ। गुरुङहरुको पहिचान स्थापित गर्न यो पर्व मनाउन लागिएको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बताए ।

परापूर्वकालमा तमु राज्यमा बसोबास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो (क्षेत्र) को संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ ।

ट्होटेंको अवसरमा तमु धिँ नेपालले आज पोखरा फुलबारीबाट ट्होटें र्‍यालीसहित महेन्द्रपुल,, नयाँबजार हुदै तमु धिँ नेपालको कार्यालयमा पुगेर ट्होटें मूल समारोहमा परिणत भएको थियो ।

कार्यक्रममा पोखरामा रहेका विभिन्न गुरुङ समाज सहभागी भएको अध्यक्ष गुरुङले जानकारी दिए।

हेर्नुहोस् परिचय तस्बिरहरु :

सबै तस्बिरहरु: प्रेम थापा, परिचय

Leave A Reply

Your email address will not be published.