सुचना, समाचार र मनोरन्जन

नेपाल टेलिकमको नाफा ७.८६ प्रतिशतले घट्यो

काठमाडौँ/

दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले नाफा ७.८६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको आषाढ मसान्त (२०७९ आषाढ) सम्मको खुद मुनाफा ८ अर्ब ४७ करोड ७ लाख ३३ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा (२०८० आषाढ मसान्त) मा ६६ करोड ६२ लाख ७ हजार रुपैयाँले कमी आई ७ अर्ब ८० करोड ४५ लाख २६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको हो।

Chaka Panja

नेपाल टेलिकमको आ.व.२०७९÷८० को चौथो त्रैमासिकको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको आषाढ मसान्त (२०७९ आषाढ) सम्मको कूल आय रु. ४४ अर्ब ३७ करोड ४६ लाख ५६ हजार रहेको थियो । चालु आर्थिक वर्षको सोही अवधि (२०८० आषाढ मसान्त) सम्ममा कुल आय रु. ४९ करोड ३६ लाख १६ हजारले वृद्धि भई रु. ४४ अर्ब ८६ करोड ८२ लाख ७३ हजार रहेको कम्पनीको भनाई छ।

त्यस्तै कम्पनीको कुल सञ्चालन आय रु ३७ अर्ब ९१ करोड ९७ लाख ८९ हजार रहेकोमा चालु आ।व। को सोही अवधि (२०८० आषाढ मसान्त) सम्ममा रु १ अर्ब ११ करोड ५८ लाख ५८ हजारले कमी भई रु ३६ अर्ब ८० करोड ३९ लाख ३० हजार रहेको छ।

कम्पनीको प्रति शेयर आम्दानी यस वर्ष रु. ४३.३६ रहेको छ।

Leave A Reply

Your email address will not be published.