सुचना, समाचार र मनोरन्जन

श्रमिकका लागि सामाजिक सुरक्षा कोष ‘ब्रेक थ्रु’: प्रधानमन्त्री

काठमाडौँ/

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनौपचारिक क्षेत्रका करिब ४०–५० लाख श्रमिकहरू सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

Chaka Panja

मङ्गलवार राजधानीमा भएको सामाजिक सुरक्षा कोष शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले श्रमिकहरूले श्रम गर्न नसकेको अवस्थामा रित्तै हात नपठाउनका लागि सामाजिक सुरक्षा कोष योजना ‘ब्रेक थ्रु’ भएको जिकिर गरे ।

‘अनौपचारिक क्षेत्रका करिब ४० देखि ५० लाख श्रमिकलाई क्रमशः सामाजिक कोषमा आबद्ध गराउँदै जाने योजना सरकारको छ । सरकारी श्रमिकदेखि अनौपचारिक क्षेत्रका श्रमिकहरूसम्म पुग्ने लक्ष्य सरकारले राखेको छ ।’

सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कामको साक्षी बस्न पाउने इतिहासमै पहिलो प्रधानमन्त्री बन्न पाएकोमा उनले खुसी व्यक्त गरे । उनले अहिलेसम्म तीन लाख अनौपचारिक र स्वरोजगार रहेका व्यक्तिले सामाजिक सुरक्षा कोषमा आबद्ध भएको जानकारी बताए ।

Leave A Reply

Your email address will not be published.