सुचना, समाचार र मनोरन्जन

भारतले सोलार मिसनु स्याटेलाइट प्रक्षेपण गर्ने

एजेन्सी/

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले यसै महिना पहिलो सोलार मिसन आदित्य–एल–१ स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको सरकारी प्रसारक अल इन्डिया रेडियो (एआईआर) ले जनाएको छ ।

सूर्यको अध्ययन गर्ने यो पहिलो अन्तरिक्षमा आधारित भारतीय अभियान हुनेछ । यो स्याटेलाइटले सौर्य वायुमण्डल, सौर्य चुम्बकीय आँधी र पृथ्वी वरपरको वातावरणमा यसको प्रभावको अध्ययन गर्न सात वटा उपकरण बोक्नेछ ।

पृथ्वीबाट झन्डै १५ लाख किलोमिटरको दूरीमा रहेको सूर्य र पृथ्वीको लाग्रान्ज प्वाइन्ट–१ (एल–१०) को चारैतिर ‘हलो कक्ष’ मा पुग्न अन्तरिक्ष यानले पृथ्वीको झन्डै एक सय नौ दिन लाग्नेछ ।

यसअघि नै अगस्ट ५ तारिखमा चन्द्रयान–३ चन्द्रमाको कक्षमा पुगिसकेको छ । चन्द्रयानलाई अगस्ट २३ मा चन्द्रमाको सतहमा अवतरण गराउने भारतीय वैज्ञानिकहरूको तयारी छ ।

भारतले चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्यसहित प्रक्षेपण गरेको थियो । यो क्षेत्रमा अहिलेसम्म कुनै पनि देश पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै पुगेका छन् ।

चार वर्षअघि चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप परिष्कृत गर्दै भारतले चन्द्रयान–३ बनाएको हो ।

Leave A Reply

Your email address will not be published.