काठमाडौँ/
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन् ।
एनआरएनएका कार्यकारी अध्यक्षद्वय डा बद्री केसी र कुल आचार्यसहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहीबार भेटेर सो सम्मेलनको उद्घाटन सत्रका लागि निमन्त्रणा दिएको हो ।
सङ्घको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलन अक्टोवर १७ देखि २० सम्म काठमाडौँमा हुँदैछ ।
भेटका अवसरमा सङ्घका अध्यक्ष डा केसीले सम्मेलनको तयारी बारे राष्ट्रपतिलाई जानकारी गराएका थिए । पौडेलले सो सम्मेलनमा उपस्थित हुने प्रतिबद्धता जनाएका थिए ।
सोही अवसरमा सङ्घका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीलाई नागरिकता प्राप्तिको लागि मार्ग प्रशस्त गरेकोमा धन्यवाद व्यक्त ग।
उनले हाल निर्माण भइरहेको नियमावलीलाई एनआरएनमैत्री बनाउने प्रयासमा विभिन्न चरणमा सरकारसँग छलफल भइरहेको जानकारी दिए।
अध्यक्ष आचार्यले यथाशक्य छिटो उक्त नियमावली ल्याउनका लागि पहल गरिदिन समेत राष्ट्रपति समक्ष अनुरोध गरे । यसैबीच सङ्घको विश्व सम्मेलन नजिकिएसँगै एनआरएनएहरुको काठमाडौँमा चहलपहल बढेको छ ।