सुचना, समाचार र मनोरन्जन

सञ्चारकर्मी सिञ्जालीले गरे सहयोग हस्तान्तरण

एक कार्यक्रममा उनले जग्गा खरीदका लागि रु. १५ हजार र मुस्ताङ कागवेनी बाढी पीडीतहरुको राहतको लागि रु.१० हजार सहयोग हस्तान्तरण गरे ।

पोखरा /

सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीले चित्रेभञ्याङ पोखरा सम्पर्क मञ्च कास्कीको जग्गा खरीद र कागवेनी बाढी पीडीतका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

एक कार्यक्रममा उनले जग्गा खरीदका लागि रु१५ हजार र मुस्ताङ कागवेनी बाढी पीडीतहरुको राहतको लागि रु१० हजार सहयोग हस्तान्तरण गरे ।

Chaka Panja

सहयोग रकम ग्रहण गर्दै चित्रेभञ्याङ पोखरा सम्पर्क मञ्च कास्कीका अध्यक्ष वुद्घि राम लम्सालले सहयोग दाता सिञ्जालीलाई धन्यवाद दिदै समाज भवन निर्माणको लागि जग्गा खरीद प्रक्रिया अगाडी बढेकाले सवैलाई सक्दो सहयोग गर्ने अनुरोध गरे ।

कार्यक्रममा वालकृष्ण राना ,सु.दिन वहादुर राना,सु.महेश कुमार थापा ,मनोरथ शर्मा ,चन्द्र कला थापा ,सु.होम वहादुर थापा ,ओम वहादुर थापा क्या.देवलसिंङ थापा ,क्या नरेश थापा लगायतकाले मन्तव्य राखेका थिए ।

सहभागीहरुले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वचनवद्घता राखेका थिए । स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष पुर्ण वहादुर थापा र कार्यक्रमको सञ्चालन सचिव रुद्र सन्देश मगरले गरेका थिए ।

त्यस्तै वारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङका अध्यक्ष रीङजीन नामगेल गुरुङले पनि सहयोगदाता सिञ्जाली प्रति आभार व्यक्त गरेका छन ।

Leave A Reply

Your email address will not be published.