सुचना, समाचार र मनोरन्जन

त्रिविको ४९ औँ दीक्षान्त समारोहका लागि आवेदन खुला

काठमाडौँ/

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९ औँ दीक्षान्त समारोह २०८० का लागि आवेदन खुला गरेको छ । २०७९ असार १ गतेदेखि २०८० जेठ ३२ गतसम्म उत्र्तिण गरेका स्नातक तहदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीलाई आवेदन आह्वान गरेको हो ।

सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधिभित्र विद्यावारिधि (पिएचडी) तह पूरा गर्नेहरूले आवेदन दिन सक्नेछन् ।

दीक्षान्त समारोह सम्बन्धी विस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

Leave A Reply

Your email address will not be published.