सुचना, समाचार र मनोरन्जन

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं /

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सर्वसाधारणलाई जारी गरिएकोआईपीओ बाँडफाँट भएको छ।

Chaka Panja

यसमा गोलाप्रथामार्फत कुल २ लाख २७ हजार ६६२ जनाले सेयर हात पारेका छन्। यो आईपीओका लागि कुल १३ लाख १६ हजार ५२९ जनाले आवेदन दिएकामा ५ हजार ११ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ।

बाँकी १३ लाख ११ हजार ५१७ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो। कम्पनीले साउन २८ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि २२ लाख ७६ हजार ६२० कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

लगानीकर्ताले आईपीओ बाँडफाँटको नतिजा बिक्री प्रबन्धक बीओके क्यापिटल र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको वेबसाइटबाट हेर्न सक्नेछन्। साथै, मेरो सेयर एप र सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट थाहा पाउन सकिन्छ।

Leave A Reply

Your email address will not be published.