सुचना, समाचार र मनोरन्जन
IVF New Banner

पर्यटन मन्त्री किरातीलाई पितृशोक

काठमाडौं /

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ।

Safal
IVF Post

किरातीका बुबा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान ४ बजे निधन भएको हो। वीर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।

मन्त्री किरातीले सामाजिक सञ्जालमा ४२ वर्षअघिको तस्विर राख्दै बुबालाई श्रद्धाञ्जली दिएका छन्।

‘भर्खरै वुवाले धोका दिनुभयो आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो’, उनले लेखेका छन्, ‘उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिचि छोडेको तस्विर आँखामा। पितृत्व र मातृत्व छाति भित्र। आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु। निशब्द छु तर भन्न बाध्य छु वुवा हार्दिक श्रध्दाञ्जलि ’

Leave A Reply

Your email address will not be published.